आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एकहजार रुपैयाँले बढेको जनाएको छ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुन तोलामा १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्