चाडपर्वमा विस्फोटक पदार्थ प्रयोग गरे कारबाही गर्छौं : नेपाल प्रहरी

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाल प्रहरीले तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ।नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिमका साथै चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो।

प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गर्दै त्यसो गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Police

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्