जाजरकोटमा चिसोका कारण दुई भूकम्पपीडितको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
5 Shares

जाजरकोट। जाजरकोटमा चिसोका कारण २ जना भूकम्पपीडितको मृत्यु भएको छ। जाजरकोटको नलगाड नगरपालिका–४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको हो।

गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए। भूकम्प गएपछि बारीको पाटामा त्रिपालमुनि बस्नुपरेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको वडाध्यक्ष पन्तले जानकारी दिए।

उनी ७७ वर्षीया श्रीमती धनसरासँग बस्दै आएका थिए। उनको छोरा रोजगारका लागि भारतमा छन्। भूकम्पपछि उनको घरमा बस्नै नहुने गरी क्षति पुगेपछि बारीको पाटामा त्रिपालमुनि बसिरहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्