दर्जनौं नेता-कार्यकर्ता माओवादीमा प्रवेश

लोकपाटी न्यूज
8 Shares

दमौली। तनहुँमा विभिन्न पार्टीका दर्जनौं नेता-कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना बिक, वडा अध्यक्ष बद्री भट्टराई, गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईं, सामाजिक व्यक्तित्वहरू दीपक गुरुङ, अभिशेक गुरुङ, सूर्य बिक, युवा व्यवसायीहरू भगवान श्रेष्ठ, विनय श्रेष्ठ, तमु समाजका अध्यक्ष चीजकुमार गुरुङ, युवा नेताहरू सन्दीप सुनार, बम बहादुर सुनार, जगत बिक, अमृत बिक, बादल सुनार, निश्चल सुनार, सुजन गुरुङ, नेत्र गुरुङ, रामबहादुर गुरुङ लगायत रहेका छन्।

नवप्रवेशी नेता-कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका थिए। सोही अवसरमा उनले सरकार देश र जनताका पक्षमा काम गर्न लागिपरेको बताए। उनले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित र जनतालाई सेवा दिने कुरामा इमानदार भएर काम गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारका फाइलहरू खोलिँदै छ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्। त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाऊँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्