सबैमा शौचालयको पहुँच पुग्नुपर्छ : उपसभामुख

Indira_Rana
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपसभामुख इन्दिरा रानाले सबै नागरिकमा शौचालयको पहुँच हुनुपर्नेमा जोड दिएकी छन्। विश्व शौचालय दिवस २०२३ का अवसरमा आज लालितपुरमा आयोजित कार्यक्रममा उनले कानुनमा मात्रै सीमित नभएर शौचालयको सरसफाइबारे सबैमा जनचेतनाको विकास हुन आवश्यक रहेको बताए।

सभामुख रानाले शौचालयको प्रयोग गर्न आफैँमा अनुशासन आवश्यक रहेको बताउँदै सुरक्षित शौचालयको प्रयोग गर्नका लागि सचेतना जरुरी रहेको बताइन्। ‘स्मार्ट वास सोलुसन’का अध्यक्ष रामदीप साहले विश्वमा तीन अर्ब मानिस शौचालय प्रयोग गर्नबाट वञ्चित रहेको बताए। असुरक्षित शौचालयको प्रयोगबाट विश्वमा दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गरे।

नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीन वटामात्रै प्रयोग गर्न उपयुक्त रहेको जानकारी दिए। उनले सार्वजनिक शौचालयको प्रवद्र्धन तथा सुधारका लागि तीन तहकै सरकार लाग्नुपर्ने बताए।

पूर्वमन्त्री गणेश साहले नेपालको अस्पताल र विद्यालयको शौचालय सबैभन्दा फोहर रहेको बताए। उनले एक जनालाई उपचार गर्न अस्पताल लैजाँदा शौचालयका कारण बिरामी कुरुवा पनि रोगी भएर फर्किनुपर्ने अवस्था रहेको बताए। पानीको सरसफाइ, स्वच्छताबारे सबै निकायले काम गर्न जरुरी रहेको उनको भनाइ छ।