काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको छ। आज देशको पहाडी भू–भागमा आंशिक बदली भएको हो। बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।