काठमाडौं। छठ पर्वको आज दोस्रो दिन खरना। छठका व्रतालुहरूले आज शनिबार नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन्। चन्द्रमालाई चढाएपछि व्रतालुले खीर र लौकाको तरकारी खाने गर्दछन्।
आज व्रतालुले बिहानदेखि पानी पनि नखाएर साँझपख एक छाक मात्र भोजन गर्दछन्। चार दिनसम्म अर्थात सप्तमीसम्म व्रतालुले माछा, मासु, लसुन, प्याज आदी खाँदैनन्।
कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको छठमा प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गर्ने गरिन्छ। छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गर्ने विश्वास गरिन्छ।