संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ : डा कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
7 Shares

विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन्।

न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको आज यहाँ विमोचन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको चाहना र आवश्यकता पूरा हुनुपर्छ भने। उनले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिए।

नेता कोइरालाले सीप र दक्षताको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले शिक्षा र स्वास्थ्य जस्ता विषयमा संवेदनशील भएर काम गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्