काठमाडौं। आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा अस्ट्रेलियाले चौथो सफलता हात पारेको छ। भारतीय टिमका महत्त्वपूर्ण ब्याट्सम्यान विराट कोहली ५४ रनको स्थितिमा बोल्ड भएका हुन्।
अस्ट्रेलियाका लागि कप्तान पट कमिन्सले विकेट लिए। यसअघि कप्तान रोहित शर्मा ४७ तथा शुभमन गिल र श्रेयस अय्यर ४/४ रन जोडेर आउट भएका थिए।
अस्ट्रेलियाका लागि कमिन्सले २ तथा गेलेन म्याक्सवेल र मिचेल स्टार्कले १-१ विकेट लिए। भारतले अहिले २९ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १४९ रन बनाएर खेलिरहेको छ।