एजेन्सी। हमासले अक्टोबर ७ तारिखमा इजरायलमाथि गरेको हमलापछि बन्धक बनाइएकामध्ये केहीलाई गाजाको अल शिफा अस्पताल लगेको इजरायलले जिकीर गरेको छ। अस्पतालको सिसिटिभी भिडियो सार्वजनिक गर्दै इजरायलले यस्तो दाबी गरेको हो।
अस्पताल ल्याइएकामध्ये एक १९ वर्षीय सिपाहीलाई अस्पतालभित्रै हत्या गरिएको जिकिर इजरायली सेनाको छ। हमासले उक्त सिसिटिभी भिडियोको आधिकारिकताबारे प्रश्न उठाएको छ भने बिबिसीले पनि भिडियोबारे आफूहरुले पुष्टी गर्न नसक्ने बताएका छन्।
तर इजरायलले भने भिडियोमा देखिएका इजरायली नागरिकको पहिचान खुलाउँदै अस्पताललाई हमासले अखडा बनाएको यो बलियो प्रमाण भएको जिकिर गरेको हो।