सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको छ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्