घिमिरेको हत्यामा संलग्न भएको आरोपमा घिमिरे पक्राउ

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
4 Shares

बर्दिया। बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का सुरेश भन्ने सुयस थापा रहेकाा छन्।

गुलरिया नगरपालिका–५ का २० वर्षीय बरुणलाई एक समूहले गत कात्तिक २७ गते राति साढे १२ बजे धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो।उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। यसअघि प्रहरी घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्