काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बृद्धि भएको जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २ सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोल एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।