सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

police_headquater_g9WLBBafJz
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन २६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन गरेको छ। कार्यालयले आज सार्वजनिक सूचना जारी गर्नै कुनै जानकारी बिना विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएपछि सात दिनभित्र सम्पर्कमा आउन निर्देशन गरेको हो ।

सूचना प्रकाशित भएको सात दिनभित्र गैरहाजिर रहनुको स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिँदै उपस्थित नभएमा सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

कार्यालयले आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको उल्लेख गरेको छ।

notice-police

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्