दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

court
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेका बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ।

गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता डा. भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सरकारले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले उक्त रिट फिर्ता लिएको अधिवक्ता डा. भण्डारीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्