चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शुभमुर्हत

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु भएको छ। दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पूजा गरेर शुभमुर्हतसँगै चलचित्रको छायांकन सुरु गरिएको छ। चलचित्रलाई पूर्वराजा ज्ञानेन्द्र शाहले समेत शुभकामना दिएको छन्।

यस फिल्मको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती आदिको अभिनय रहने छ। पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ।

अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्नु भएको यस चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए।

शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएको छ।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’मा अमेरिका, म्यानमार, भुटान र इन्डिया गरी चार देशका चार जना नेपाली भाषी अभियन्ताहरू नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरी नेपाली भाषाको महत्त्व, नेपाली विरता र गोर्खालीहरू को हुन् ? नेपालीहरू कसरी भुट्टान, म्यानमार, इन्डियासम्म पुगे र त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्दछ। फिल्म विशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताए।

फिल्मको पहिलो छायांकन पाँचथरबाट सुरु गरी झापा हुँदै, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतको देशहरूमा हुनेछ। यस फिल्ममा अध्ययन अनुसन्धान बढी गर्नुपर्ने भएको हुँदा निर्माणमा बढिसमय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’मा दिपक शर्माको संगीत, सौरब लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफयक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्