भारतको गुजरातमा चट्याङ, २४ को मृत्यु

Lightning-chatang
लोकपाटी न्यूज
5 Shares

एजेन्सी। भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएका हो।

भारी वर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन्। गुजरातमा जाडो मौसम शुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन्।

जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पु¥याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्