दुर्गा प्रसाईंका स्वकीय सचिव थापा पक्राउ

binanjaya_dt
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ। थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन्।उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए। श्रीनिवास आचार्यसहित भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्