संक्रमणकालीन न्याय संसदको आगामी अधिवेशनबाट टुंग्याउने तयारी छ : मन्त्री शर्मा

Rekha_Sharma
लोकपाटी न्यूज
3 Shares

देउखुरी। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनबाट संक्रमणकालीन न्यायको विषय टुङ्गो लाग्ने बताएकी छन्। एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने गरी सरकार अघि बढेको जानकारी दिएन्।

बेपत्ता परिएका व्यक्तिको छानविन आयोगको काम लामो समयसम्म टुङ्गोमा नपुग्दा पीडितले न्याय नपाएको उल्लेख गर्दै उनले आउने संसद् अधिवशेनबाट सहमतिका माध्यमबाट टुङ्गोमा पुर्‍याउने बताइन्। सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संक्रमणकालीन न्यायको विषयमा सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्दै आगामी अधिवेशनबाट सहमतिमा टुङ्गो लाग्न नसके विधिका आधारबाट भए पनि टुङ्ग्याउने दाबी गरिन्।

आफू पनि द्वन्द्वकाका क्रममा तत्कालीन राज्यपक्षबाट पीडित भएकाले यो विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै मन्त्री शर्माले कानुनी प्रक्रियाको अभावका कारण पनि ढिलाइ भएको स्पष्ट पारिन्। हतियार र सेना समायोजन टुङ्गो लागे पनि पीडितको समस्या समाधान नभएको उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्