एसिया कप क्रिकेट : नेपालले टस जित्यो

U19_Nepal
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस जितेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मैदानमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। योसँगै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ।

पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ। अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ। अफगानिस्तानले पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्। आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्