एसिसी यु-१९ एसिया कप : नेपालसामु २६२ रनको लक्ष्य

u-19
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ।

युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। अफगानिस्तानले ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रन बनायो। अफगानिस्तानका लागि जाम्शिद जद्रानले शतकीय पारी खेले। उनने एक सय ५२ बल खेल्दै आठ चौकाको मद्दतमा एक सय ६ रनको योगदान दिए। यस्तै नौमान साह अघाले ६० रन बनाए। उनले ४१ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे।

यसैगरी राहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले १५ तथा खालिद तानिवालले १० रन बनाए। बलिङतर्फ नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुभाष भण्डारीले दुई दुई तथा दीपेश कँडेल र आकाश चन्दले एक एक विकेट लिए।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। केहीबेर अघिसम्म नेपालले सात ओभरमा दुई विकेट गुमाएर ३४रन बनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्