श्रमिक हक अधिकार कागजमै सीमित

kaamdar
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन्।सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शुक्रबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यक्रम गरिरहेका छन्।

सरोकारवालाले वैदेशिक रोजगारीका क्रममा ठगिएका श्रमिकलाई न्याय दिन सफल भएको भन्दै तथ्यसमेत सार्वजनिक गरेका छन्। वैदेशिक रोजगार विभागको महानिर्देशकको पदबाट भर्खर अन्य कार्यालयमा सरुवा भएका मदन दाहालले विभागमा आएका धेरै उजुरीको सुुनुुवाइ गरेको दाबी गरे।

चालुु आर्थिक वर्ष २०८०/८१ मा विभागमा परेका ८६१ वटा उजुरीमध्ये २३० उजुरीको मिलापत्र गरी विगतको तुुलनामा धेरै सुुधार गरेको उनको दाबी छ। यता कास्कीका अविरल सुुवेदीले वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा विगत दुुई वर्षदेखि धाइरहेको तर न्याय पाउने आस हराएको गुनासो गरे। रोमानियामा स्टार होटलको काममा पठाइदिने भन्दै ऋण गरेर गाउँकै दाइ पर्नेलाई सात लाख रुपियाँ बुुझाएका सुुवेदीले भने, “विदेश जाने त परैको कुरा उल्टै ऋण गरेको पैसा असुलका लागि काठमाडौँ धाउँदा एक लाख रुपियाँ थप ऋण थपियो ।”

काठमाडौँमा बस्ने ती दाइ अहिले फोन स्विच अफ गरेर फरार छन्, विदेश जानभन्दा पनि दिएको पैसा फिर्ता गर्नुपर्ने मागसहितको उजुरी गरेर दुुई वर्षदेखि विभागमा धाइरहेका छन्। उनी एउटा प्रतिनिधि मात्रै हो। उनी जस्ता धेरै युुवा युरोपको आकर्षक रोजगारीको प्रलोभनमा परेर ठगिएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्