नेकपा एसको सचिवालय बैठक आलोकनगरमा

samajhabadhi ofc
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। बैठक पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा अहिले केहीबेरबाट शुरु हुने जनाइएको छ।

यसअघि मंसिर २८ र २९ गतेका लागि तोकिएको बैठक सोमबारदेखि सुरु हुन लागेको हो। बैठक आज र भोलि दुई दिन बस्ने पार्टी प्रचार विभागले जनाएको छ।

बैठकमा राष्ट्रियसभाको आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारका लागि मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने जनाइएको छ। प्रचार विभागका अनुसार साथै सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।