चीनमा शक्तिशाली भूकम्प, १ सय ११ को मृत्यु

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। चीनमा शक्तिशाली भूकम्प गएको छ। गयराति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। भूकम्पमा परी २२० जना घाइते भएका छन्।

मृत्यु हुनेमा गान्सुका १ सय र छिङ्हाइका ११ जना छन्। भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्