स्पेनिस ला लिगा : जिरोना फेरि शीर्षस्थानमा

girona- pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा जिरोना फेरि शीर्षस्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा अलाभेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो।

जिरोनाका लागि अर्टम दोभविवाईकेले दुई तथा पोर्चुगुइस मान्जानेराले एक गोल गरेका थिए। जिरोनाका अर्टमले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि मान्जानेराले ४२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५९औँ मिनेटमा अर्टमले पेनाल्टीमार्फत व्यक्ति दोस्रो गोल गर्दै जिरोनालाई सहज जित दिलाए । यो जितसँगै जिरोना १७ खेलबाट ४४ अंकसहित शीर्षस्थानमा छ। यसअघि ४२ अंकका साथ शीर्षस्थानमा रहेको रियल मड्रिड दोस्रो स्थानमा झरेको छ। तेस्रोस्थानको बार्सिलोनाको ३५ अंक छ। पराजित भएको अलाभेस १६ अंकसहित १३औँ स्थानमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्