समान अधिकार कानुनमा लेखेर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना

Ganesh prasad Timalsina
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सहभागिताका कुरा कानुनमा लेखेर नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताएका छन्। महिला महासन्धिको ४४औँ वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्चले काठमाडौंमा आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार: नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले कानुनमा लेखेका कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्छ भने।

नेपालमा कानुन र व्यवहारमा प्रयोग गर्ने अभ्यास फरक रहेको उनले बताए। कानुनमा समान अधिकार र सहभागिताका कुरा लेखिएको छ, तर व्यवहारमा त्यसको प्रयोग ठीक उल्टो भएको उनले बताए।

अध्यक्ष तिमिल्सिनाले कानुनमा लेखेका कुरालाई व्यवहारमा बढीभन्दा बढी प्रयोगमा ल्याउन सक्दा नै त्यसको औचित्य साबित हुने बताए। उनले विवाहलगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादबीच बनेको पनि बताए। “विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको छ,” उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्