सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

sugar ukhu
फाइल तस्बिर
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सरकारले यस वर्षको उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)  ले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ मुल्य तोकिएको हो।

उनले सरकारले ६ सय ३५ रुपैयाँ मुल्य कायम हुने गरी समर्थन मूल्य तोकेको बताइन्। मन्त्रिपरिषद्को नियमित बैठक भोली बिहीबार बस्ने पनि उनले जानकारी दिइन्।