यूएईबाट काठमाडौं आएको जहाजमा एक नवजात शिशु फेला, महिला पक्राउ

Sisu
प्रतिकात्मक तस्बिर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हुन्।

घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको उनले बताए। काठमाडौं सारजहाबाट आएको भएपनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उनले बताए। जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा आज बुधबार बिहान ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो।