धनगढी। सुदूरपश्चिमको गौरिफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरिफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो।