एनआईसी एशिया लघुवित्तको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

Nic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं- १२, सुनसरीमा सम्पन्न भएको छ।

उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५५ का दरले रु.२६,०९,१६,००० नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन्।

साथै, नव निर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन्। बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको ढकाल एन आई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन र निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्