क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी

cricket player of nepal
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज आइतबारका लागि पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा दायर भएको बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो।

यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन। काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्