शिक्षक सेवा आयोगले माग्यो ४३६ शिक्षक

sikxak sewa aayog
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञापन खुलाएको छ। आयोगले आइतबार जारी गरेको विज्ञापनअनुसार ४३६ जना शिक्षक पदको लागि विज्ञापन सार्वजनिक गरेको हो।

आयोगले सातै प्रदेशमा गरेर नेपाली विषयको लागि ६७ जना,अंग्रेजी विषयको लागि ७९ जना,गणित विषयको लागि ८५ जना शिक्षक माग गरेको छ। विज्ञापन विषयमा १ सय २४ जना, सामाजिक विषयमा ५३ जना,अर्थशास्त्र विषयमा ७ जना शिक्षक माग गरेको हो।

यस्तै,कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ जना,संस्कृत व्याकरणमा ३,कम्युटर विज्ञान विषयको लागि ३ जना शिक्षक माग गरिएको विज्ञापनमा उल्लेख छ। लिखित परीक्षा आगामी चैत ३ गते १ बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ।

परीक्षा केन्द्रहरू कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली तोकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्