आज देशभरको मौसम कस्तो रहला ?

Kathmandu_Mausam
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ।

विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्