नेपालीलाई स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्छ : राष्ट्रपति पौडेल

ramchandra_poudel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली नागरिकलाई स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बर्ताका छन्। मंगलवार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेश गइरहेका नेपालीहरुलाई रोक्नुपर्ने बताएका हुन्।

उनले कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताए। उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए।

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, राष्ट्रपति पौडेलले भने ।