आजदेखि नेकपा एसको केन्द्रीय कमिटी बैठक

samajhabadhi ofc
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। आजदेखि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु हुँदैछ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।महासचिव घनश्याम भुसालका अनुसार शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुनेछ।

उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

यस्तै, प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुनेछ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने भुसालको भनाइ छ। विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।