जुवातास खेलिरहेका १० जना प्रहरी नियन्त्रणमा

Juwakhal01
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१३ तहाचलस्थित काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्