बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। ललितपुरको बालकुमारीमा आज शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको हो।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन्। अर्का एक जना गम्भीर घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ। रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्