आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

tamu-losar
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आज गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैछ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज यो पर्व नयाँ वर्षका रुपमा मनाउने गर्दछन्।

यसवर्ष गुरुङ समुदायले ‘हि ल्हो’ अर्थात बिरालो वर्गको बिदाइ गर्दै गिद्ध वर्ग ‘मि–ल्हो को स्वागत गर्दैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। तमु ल्होसार पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्