विविधता नेपालको परिचय र सम्पत्ति हो : मन्त्री गुरुङ

Sita_Gurung
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता नेपालको परिचय र सम्पत्ति भएको बताएकी छन्। टुँडिखेलमा आज आयोजित तमू ल्होसार महोत्सव २०८०का अवसरमा उनले नेपालका हरेक जातजातिको आ-आफ्नो पहिचान र परम्परा तथा सांस्कृतिक मूल्यमान्यता रहेको बताएकी हुन्।

मन्त्री गुरुङले भनिन्, ‘पुर्खाले सदियौँदेखि जोगाएर राखेको धार्मिक, सांस्कृतिक सम्पदा र संस्कृतिलाई संरक्षण एवम् संवर्द्धन गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। हामी सबैले त्यसलाई जोगाउन सक्नुपर्छ।’ फरक प्रसङ्गमा उनले वर्तमान सरकार सुशासनसहित तीव्र विकासमा अघि बढिरहेको बताउँदै नागरिकको अवस्था परिवर्तनका लागि सरकारले अहोरात्र काम गरिरहेको जिकिर गरिन्।

मन्त्री गुरुङले भनिन्, ‘नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीप्रति सरकार सचेत छ। तर सरकारले केही गरेको छैन र केही हुँदैन भन्नु जुन भाष्य निर्माण हुँदै छ त्यो गलत छ। भौतिक पूर्वाधारमै पनि विकासका हिसाबले फड्को मारेको छ।’ सरकारले नागरिक तहमा अनुभूत हुने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै उनले त्यसको परिणाम छिट्टै देखिने र निराशावादी नहुन आग्रह गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्