जापान एयरलाइन्सको विमानमा आगलागी

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ। राजधानी टोक्योको हानेदा विमानस्थलमा अवतरण गर्दा विमानमा आगलागी भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धावनमार्गमा पार्किङ गरी राखेको अर्को विमानसँग ठोक्किएपछि आगलागी भएको हो। जापानको समाचार संस्था एनएचकेको फुटेजमा विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखिएको थियो।

विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको मिडिया रिपोर्टहरूले एयरलाइन्सलाई उद्धृत गर्दै जनाएको छ। ‘हामी हाल क्षतिको हदको मूल्यांकन गरिरहेका छौं,’ एयरलाइन्सले भनेको छ।

जापान एयरलाइन्सको फ्लाइट ५१६ को विमान स्थानीय समय १६:०० मा नयाँ चितोसे विमानस्थलबाट प्रस्थान गरेको थियो र १७:४० मा हानेदा अवतरण गर्ने तालिका थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्