ग्लोबल आइएमई बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। ग्लोबल आइएमई बैंकले देशव्यापीरुपमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार देशका सात वटै प्रदेशमा एकैसाथ रक्तदान तथा निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम गरेको हो।

ग्लोबल आइएमई बैंक आज १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा आज आयोजित उक्त कार्यक्रममा ९२७ रक्तदाताहरूबाट ४३९ लिटर रगत दान गरिएको बैंकले जनाएको छ। त्यस्तै, निःशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १ हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श पनि प्रदान गरिएको बैंकले बताएको छ।

कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगन्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।