विभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई स्वागत

pic
लोकपाटी न्यूज
5 Shares

थम्मन थापा/बागलुङ, १८ पुस। भलिबल विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीहरूलाई गलकोट नगरपालिका-७ मल्ममा स्वागत गरिएको छ। राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले एक कार्यक्रमका बिच मल्मको पर्यटकीय स्थल राम्चेढुङ्गामा स्वागत गरेको हो।

कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान तथा विभागीय टिम त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ, सामुदायिक रेडियो गलकोट एफ एमका प्राविधिक तथा प्रस्तोता थम्मन थापा र गलकोट नगरपालिका वडा नं९७ का पूर्व वडा सदस्य मिना दर्जीले मन्तव्य राखेका थिए।

सो अवसरमा गलकोटमा आयोजित राष्ट्रिय स्तरको बुकी कप प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबलाई बधाई ज्ञापन गर्दै फूलमालाद्वारा खेलाडीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रममा स्थानीयले स्थानीय परम्परागत भाकासहित भजन प्रस्तुत गरि खेलाडीहरूलाई नचाएका थिए। कार्यक्रम राम्चेढुङ्गा पर्यटन विकास केन्द्र मल्मका अध्यक्ष विष्णु थापा अम्मरको सञ्चालनमा सम्पन्न भएको थियो।

मङ्गलवार विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले गलकोटका पर्यटकीय गन्तव्यहरु टेउवा स्थित मूर्तिकला, गलकोट दरबार र राम्चेढुङ्गाको स्थलगत भ्रमण गरेको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मसका संयोजक मोहन केसीले जानकारी दिए।

त्यस्तै विभागीय टिम नेपाल पुलिस क्लबका खेलाडीहरूले पनि गलकोट नगरपालिका ५ टेउवाको मूर्तिकला, तारा खोला गाउँपालिका १ मा अवस्थित गाईघाट झरनाको भ्रमण गरेको छन्। विभागीय टिमहरू गलकोटमा पुस ८ गतेदेखि १६ गते सम्म सञ्चालन भएको बुकी कप २०८० मा सहभागी हुन गलकोट आएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्