दोहोरो अंकले बढ्यो नेप्से

share-market-
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। लगातार छ दिनसम्म घटेको शेयर बजार आज झण्डै २८ अंकले बढेको हो। शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ।

आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अंकले बढेको छ । आज सात वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ।

आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्