नेपाल आउँदै भारतीय विदेशमन्त्री जयशंकर

SJaishankar1_pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशंकर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन्।

नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। भारत-नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो। उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन्।

भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नेछन्। नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो। दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको हो।