काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो।

आगामी पुस २३ गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि उम्मेदवारको विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो।

काँग्रेसमा केन्द्रीय समितिको बैठक नियमित बस्न नसकेका बेला महत्त्वपूर्ण निर्णय गर्न पदाधिकारी र सिनियर केन्द्रीय सदस्य रहने कार्यसम्पादन समितिको बैठक बस्ने गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्