राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्दैछ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था रहेको छ।

पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम गरेको छ।जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ। यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियोभने प्रमुख–उपप्रमुखको १८ थियो।

शुक्रबार बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिनेछ भने दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ।

उक्त दावी विरोधउपर छानबिन गरेपछि आयोगले पुस २२ गते आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ यस्तै पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेछ।