सडक पूर्वाधार विकासको प्रमुख आधार : प्रमुख दाहाल

Renu Dahal
लोकपाटी न्यूज
5 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताएकी छन्।शनिबार नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गरिन्।

प्रमुख दाहालले भरतपुरको विकास यतिकै नभएको बताउदै उनले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहानाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पारिन्। ‘बजेट सजिलै आउँदैन,उनले भनिन्,‘एक पटक गएर हुदैन। पटक पटकको पहल, सक्रियाताले बजेट आउँछ। हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो।’

प्रमुख दाहालले नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुराएको अतुल्नीय योगदानको उच्च कदर गरिन्। उनले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले गरेका योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद व्यक्त गरिन्।

भरतपुर महानगरपालिका, स्थानीय चन्दाताको सहयोगमा ? १४ लाख ८३ हजार भवन निर्माण भएको हो। प्रमुख दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापनको यकोसुका सहरबाट ५/६ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताइन्।रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैर अवासीय नेपाली सघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको बताइन्।

कार्यक्रममा रेडक्रसको भवन निर्माण गर्न सहयोग पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजेन्द्र साखाीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्