नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी

yes sachiwalaye
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो। जारी बैठकमा पार्टीले राष्ट्रियसभामा पाउनुपर्ने सिटका विषयमा छलफल गर्ने छ। नेकपा समाजवादीले ४ सिट आफूले पाउनुपर्ने माग राखिरहेको छ। राष्ट्रियसभा निर्वाचन माग ११ गते हुने भएको छ।

जसमा १९ सिटका लागि निर्वाचन हुने छ। गठबन्धन दल भर्सेस एमाले निर्वाचनमा होमिने भएका छन्। यसको सिट भने बाँडफाँड भएको छैन। बेलुका ४ बजे चार दल र साँझ ५ बजे गठबन्धनमा सहकार्य गरिरहेका ७ दलबीच राष्ट्रियसभा निर्वाचन सिट विभाजनको बारेमा छलफल हुने बताइएको छ।