स्थानीय तहबाटै श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री

Prachanda_PM
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलको क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका स-साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

उनले भने, ‘वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला।’