भरुवा बन्दुकसहित एक जना पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज
6 Shares

उदयपुर। प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका- १ कटरबोटेबाट भोजपुर आपचौक गाउँपालिका- १० का २० वर्षीय समीर राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

राईको साथबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग गर्ने बारुदसहितको बट्टा १ थान, फलामको गोली ४ थान, बेरिङ १७ थान र केप १ थानसहित बरामद गरिएको प्रहरीले जनएको छ। उनले उक्त हातहतियार मोटरसाइकलको लेग गार्डमा बाधेको बोराभित्र लुकाई ल्याएका थिए।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले १३ प ४ १५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त हातहतियार फेला पारेको थियो। उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्